मतदानभन्दा १५ मत बढी भेटिएपछि मतगणना स्थगित, प्रहरीले गर्यो हवाइ फायर
वि.सं.२०७९ जेठ २ सोमवार १०:०८
1.33K
shares

काठमाडौं । धनुषाको धनौजी गाउँपालिकामा मतगणना मतदान भएको भनिएको भन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना नै स्थगित भएको हो ।धनौजी–१ लखौरी गाउँमा मतदानको मुचुल्काभन्दा १५ मतपत्र बढी फेला परेपछि आइतबार राति विवाद भएको थियो । मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले बताए ।
विवादले उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाइ फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले मतगणनाको विषयमा विवाद भएको र घटनाबारे जानकारी लिइरहेको बताए । यहाँ आइतबार रातिदेखि नै मतगणना भइरहेको थियो ।धनौजी–३,४ र ५ को मतगणा सम्पन्न भइसकेको छ ।
वि.सं.२०७९ जेठ २ सोमवार १०:०८

















