skip this

भरतपुरमा महानगरपालिकामा एमालेका विजय सुवेदीको अग्रता

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका विजय सुवेदीले अग्रता लिएका छन् । स्थानीय तह निर्वाचनको पछिल्लो मतगणनाको विवरणअनुसार तीन हजार ९४४ मत ल्याएर उनले अग्रता लिएका छन् । उनलाई गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले तीन हजार ८९४ मत ल्याएर पछ्याइरहेकी छन् ।

भरतपुर महानगरपालिकाको १, २ र ३ वडाको जम्मा खसेको ११ हजार ३२८ मतगणनाको नतिजाअनुसार सुवेदीले अग्रता लिइरहेका हुन् । मेयरका स्वतन्त्र जगन्नाथ पौडेलले एक ५७२ मत ल्याएका छन् । सोमबार बिहान ११ वजेबाट ४ नं वडाको मतहरू ८ स्थानमा गणना चलिरहेको छ ।उपमेयरमा कांग्रेकाका चित्रसेन अधिकारी चार ४७६, राप्रपाकी हिमला गुरुङ ती‍न हजार ७० ल्याएका छन् ।

 

nijgadh-supermart-adz1200-630