भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा माओवादी विजयी
वि.सं.२०७९ जेठ ५ बिहीवार २२:०५
1.79K
shares

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले पछाडि पार्दै सुरेन्द्र निर्वाचित भएका हुन् ।
कांग्रेसका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरी विजय भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गरे । एमालेका मदनसुन्दरले विसं २०७४ को निर्वाचनमा १४ हजार मत ल्याएर एमालेबाट नगरप्रमुखमा विजय भएका थिए ।
उपप्रमुखतर्फ गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयकृष्ण श्रेष्ठ १२ हजार १०२ मत प्राप्त गरी विजयी भए ।
वि.सं.२०७९ जेठ ५ बिहीवार २२:०५

















