ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी
वि.सं.२०७९ जेठ ५ बिहीवार २१:१४

ललितपुर । ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गणेश केसी निर्वाचित हुनु भएको छ । केसी ३४ सय ५५ मतसहित अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी कमला लामा तामाङले २८ सय ८७ मत ल्याइन् । यस्तै उपाध्यक्षमा भने माओवादीका उम्मेदवार डोल्मा माया गोलेले ३१ सय ५२ मतसहित निर्वाचित भएकी छिन् ।
उहाँका उपाध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका पुरुषोत्तम हुमागाई २७ सय ८७ मत ल्याए । नेकपा एकिकृत समाजबादीका अध्यक्ष उम्मेदवार राजनप्रसाद बञ्जाराले ९ मत मात्र पाएका छन् ।
राप्रपाका अध्यक्षका उम्मेदवार सुरेस घिमिरेले २३ मत पाए भने उपाध्यक्ष उम्मेदवार सञ्चमायाँ सिंगारले ५९ मत ल्याएकी छिन् । यसैगरी महाँकाल गाउँपालिकामा सबै वडामा नेपाली कांग्रेसले विजय हाँसिल गरेको छ ।
यस्तो छ निर्वाचनको अन्तिम मत परिणाम –
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षः
अध्यक्षः– गणेश बहादुर के सी (नेपाली कांग्रेस)
उपाध्यक्षः– डोल्मा माया गोले (माओवादी केन्द्र)
वडा न.१ः– राम प्रसाद घिमिरे (नेपाली कांग्रेस)
वडा न.२ः– जोनि न्यासुर (नेपाली कांग्रेस)
वडा न.३ः– मनोज कुमार पराजुली (नेपाली कांग्रेस)
वडा न.४ः– कृष्ण प्र. (सिताराम) तिमल्सिना (नेपाली कांग्रेस)
वडा न.५ः– भुमिनन्द घिमिरे (नेपाली कांग्रेस)
वडा न.६ः– विनोद चौरेल (नेपाली कांग्रेस)
वि.सं.२०७९ जेठ ५ बिहीवार २१:१४

















