skip this farak Kura Pravakar

केरुङबाट पेट्रोलियम पदार्थ ल्याउन त्रिशुलीमा पाइपलाइन बिछ्याउन प्रस्ताव

933 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एमालेका सांसद शेरबहादुर तामाङले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशुली नदीमा पाइपलाइन बिछ्याउन प्रस्ताव गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशुली नदीमा पाइपलाइन बिछ्याउन आग्रह गरेका हुन् ।

‘तेल केरुङबाट ल्याउने विषयमा अध्ययन भएको छ रु केरुङमाथि छ, तल त्रिशुली नदी छ । पाइपलाइन ओछ्याउँ, रेलबाट केरुङसम्म आएको तेल ल्याउँ । त्रिशुलीमा भण्डारण बनाउँ,’ भन्दै उनले भने, ‘नेपालको परलमूल्यका ५० प्रतिशत घटाउन सकिन्छ । अहिलेको ५÷१० मूल्य घटाएर र बढाएर समाधान दिँदैन । दीर्घकालीन समाधान खाजौँ ।’

पेट्रोलियम पदार्थमा प्रतिलिटर एक रुपैयाँ बढाउँदा प्रतिनागरिकको ३०० रुपैयाँसम्म खर्च बढ्ने भन्दै उनले अहिले हजारौँ रुपैयाँ खर्च बढेसँगै जनजीविका कष्टकर बनेको बताए ।उक्त प्रस्तावमाथि बोलेका सबै सांसदले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले नसकेको आरोप लगाएका छन् । मूल्यवृद्धिका कारण जनता मारमा परेको उनीहरूले बताए ।

nijgadh-supermart-adz1200-630