skip this farak Kura Pravakar

तारकेश्वर गाउँपालिकाद्वारा नि:शुल्क हटलाइन सेवा सुरुवात

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले २४ घण्टे नि:शुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बिहीबारदेखि हटलाइन सेवाको शुभारम्भ गरेको जानकारी गराए ।

दाङसिङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा स्थापित हटलाइन सेवा केन्द्रको उद्घाटन गर्दै उनले सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने समेत सो क्रममा बताए ।

२४सै घण्टा हटलाइन सेवा दिन कर्मचारीको व्यवस्था गरिएको बताउँदै अधिकारीले विनाशंकोच आफ्ना गुनासा वा सल्लाह सुझाब टिपाउन र गाउँवासीलाई अनुरोध गरे ।

गत साता बसेको नवनिर्वाचित गाउँकार्यपालिकाको पहिलो बैठकले हटलाइन सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । अधिकारीका अनुसार जनताको सल्लाह सुझाब संकलन गर्ने र जनगुनासोलाई कदर गर्दै जनताका समस्या तत्काल समाधान गर्ने उद्देश्यले हटलाइन सेवा सुरु गरिएको हो ।

गाउँपालिकाभित्र एम्बुलेन्स, प्रहरीजस्ता अत्यावश्यकीय सेवा लिन पनि हटलाइनको प्रयोग गर्न सकिने उनले बताए । हटलाइन सेवाका लागि टोल फ्री नम्बर १६६००१४५२२२ दिइएको छ । तारकेश्वरवासीले याे नम्बरमा चौबिसै घण्टा फोन गर्न सक्ने उनको भनाइ छ ।

nijgadh-supermart-adz1200-630