skip this

६ घण्टादेखि बिजुलीको तारमै छन् माइला विक, हेलिकोप्टरबाट उद्धारको प्रयास

विद्युत प्राधिकरणलाई प्रतिघण्टा १० लाख घाटा !

2.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत पोलमा चढेका ४४ वर्षका माइला बिक अझै पनि बिजुलीको तारमै रहेका छन् ।

मानसिक अवस्था ठिक नभएको माइला बिहान ११ बजेतिर बिजुलीको पोलमा चढेको जानकारी स्थानीयले पाएका थिए ।

माथिल्लो त्रिशुली थ्री ए र साना जलविद्युत आयोजनाको प्रसारणलाइनमा उनी चढेपछि विद्युत् प्रवाह बन्द गरिएको छ ।

प्रहरी र स्थानीय बासिन्दाले उनलाई सकुसल तल झार्न अनेक प्रयास गर्दा पनि नसकिएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।

“मैले यहाँ प्रमुख जिल्ला अधिकारीज्यूलाई पनि सेनाको हेलिकोप्टर बोलाएर उद्धार गरौं भनेर भनेको छु,” उनले भने, “विद्युत् प्राधिकरणले पनि घण्टाको १० लाख खर्च भइरहेको जनाएको छ । हामीले अनेक प्रयास गर्दा पनि तल झार्न सकेनौं ।”

तामाङका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ । “उहाँको मानसिक अवस्था ठिक रहेनछ,” तामाङले भने, “उनको मानसिक अवस्था ठिक नभएपछि श्रीमतीले पनि छाडेकी रहिछन् । बुबाआमा पनि उनकै कारणले छुट्टै बस्दा रहेछन् ।”

तामाङका अनुसार स्थानीयले बिहान ११ बजे बिजुलीको पोलमा चढेको देखेपछि खबर गरेका थिए । त्यसको केहीबेरपछि उनी तारमा झुन्डिएर यता र उता गरिरहेको तामाङले बताए ।

तस्बिर : हरि गुरुवाचार्यको फेसबुकबाट

nijgadh-supermart-adz1200-630