skip this farak Kura Pravakar

दाङमा प्रहरी हुँ भन्दै पैसा असुलेको आरोपम युवक पक्राउ

1.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

दाङ । दाङमा प्रहरीको सई हुँ भन्दै पैसा असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १३ का २५ वर्षीय अर्जुन थापा मगर रहेका छन् । थापाले घोराही उपमहानगरपालिका- १४ मा विभिन्न पसलमा आफू प्रहरीको सई भएको भन्दै धम्काएर पैसा असुल्ने (माग्ने) गरेका प्रहरीले जनाएको छ ।

बिहीबार राति सई हुँ भन्दै बजारमा पैसा माग्दै हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) सुरेशप्रसाद काफ्लेले बताए । उनीमाथि थप कानुन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630