skip this

टिपरको ठक्करबाट काठमाडौंमा पैदलयात्रीको मृत्यु

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गएराती काठमाण्डौ महानगरपालिका–३ चप्पल कारखाना नजिकै ट्रिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिको सनाखत हुन बाँकी रहेको छ । महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराती पौने ११ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई महाराजगंज स्थित त्रि।वि शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।टिपर सहित चालकलाई प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।

nijgadh-supermart-adz1200-630