सिन्धुलीमा मोटरसाइकल र जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु
वि.सं.२०७९ असार ६ सोमवार १०:१५
1.02K
shares

काठमाडौं । गएराति सिन्धुलीमा मोटरसाइकल र जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कमलामाई नगरपालिका ४ मा मोटरसाइकल र जिप आपसमा ठोक्किँदा दोलखाको बिगु गाउँपालिका ५ का १९ वर्षीय महेश भुजेलको मृत्यु भएको छ ।
चियाबारीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ३२ प ५७७१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको जिप आपसमा ठोक्किएका हुन् । जिपसहित चालकलाई प्रहरी चौकी ढुङग्रेबासले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडि सवार मोरङको बेलका नगरपालिका ४ कटारीका १८ वर्षीय खगेन्द्र तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
वि.सं.२०७९ असार ६ सोमवार १०:१५
















