महोत्तरीको जलेश्वरस्थित एक घरबाट १९ तोला सुन चोरी
वि.सं.२०७९ असार १२ आइतवार ०९:२६
1.66K
shares

काठमाडौं । महोत्तरीमा १९ तोला सुन चोरी भएको छ । जलेश्वर नगरपालिका–६ मा एक समूहले १९ तोला सुन चोरी गरेका हुन।स्थानीय दिलीपकुमार मिश्रको घरबाट सुन, १५ तोला चाँदीका गहनासहित करिब २० लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
नाएको छ।
मिश्रको परिवार असार ६ गते बिबाहका लागि भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको घरमा गएका बेला गहना, ल्यापटप र मोबाइल चोरी भएको हो।घरको ताल्चा फुटाएर चोरी गर्ने समूहको खोजी भइरहेको छ।
वि.सं.२०७९ असार १२ आइतवार ०९:२६
















