रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी –कृषि मन्त्री यादव
वि.सं.२०७९ असार १५ बुधवार १०:४०
1.18K
shares

काठमाडौं । रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले बताएका छन् ।आज बिहान १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा आयोजित कार्यक्रममा बोल्दै उनले मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको बताए ।
अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको मन्त्री यादवले बताए । मन्त्री यादवले लागेको ठेक्काबाट पनि मल नआएको बताए । भारतले लामो समयपछि मंगलबार १५ हजार मेट्रिकटन रासायनिक यूरिया मल दिने भनेको पनि मन्त्री यादवले जानकारी दिए ।
वि.सं.२०७९ असार १५ बुधवार १०:४०

















