आइतबार सार्वजनिक बिदा
वि.सं.२०७९ असार २२ बुधवार १४:५९
1.72K
shares

काठमाडौं- सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।
उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए । 
वि.सं.२०७९ असार २२ बुधवार १४:५९
















