skip this

कर्णालीका पाँच जिल्लाका कारागार जीर्ण, कैदीबन्दीलाई समस्या

2.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कर्णाली प्रदेशका पाँच जिल्लाका कारागारको भौतिक अवस्था जीर्ण र साँघुरा हुँदा कैदीबन्दीलाई समस्या उत्पन्न भएको छ ।सुर्खेत, दैलेख, रुकुम, सल्यान र जाजरकोटमा रहेका कारागार भवनहरुको अनुगमनमा भौतिक अवस्था कमजोरसँगै कैदीबन्दीलाई सकस भएको पाइएको हो ।

‘सबैभन्दा ठूलो समस्या भौतिक पूर्वाधारको क्षेत्रमा छ,’ कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले भने, ‘प्रदेशका कारागारहरूको अवस्था र कैदीबन्दीले भोग्नु परेका समस्या बुझ्न म कारागारहरूको अनुगमनमा हिँडेको थिएँ, प्रतिवेदन तयार गर्न लागेको छु । कारागारहरूको अवस्था जीर्ण भएको, साँघुरा भवन हुँदा कोच्चिएर बस्नु परेको, खेलमैदान तथा मनोरञ्जनको व्यवस्था नभएको, खानेपानीको अभावजस्ता समस्या भोग्नु परेको पाएको छु ।’

मुख्य न्यायाधिवक्ता श्रेष्ठले सुर्खेतमा भवन साँघुरो हुँदा कैदीबन्दी कोचिएर सुत्नु परेको, दैलेखमा भवन राम्रो भए पनि खानेपानी अभाव भएको र अन्य जिल्लाका कारागारमा भवनकै समस्या रहेको उनले बताए  । त्यस्तै जिल्लाका हिरासतहरुसमेत जिर्ण भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार यहाँको हिरासत अवस्थासमेत दयनीय छ ।

 

nijgadh-supermart-adz1200-630