skip this

भोटेकोशी बाढीपीडितका लागि जनजागृति आवि खोल्माटोलका  साना विद्यार्थीले गरे ६ हजार ४४५ रुपैयाँ सहयोग

42 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ – भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले बाराको निजगढ–५ खोल्माटोलस्थित श्री जनजागृति आधारभूत विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययनरत स–साना विद्यार्थीहरूले ६ हजार ४४५ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गरेका छन् ।

देश विपत्तिमा परेको अवस्थामा आफूहरूले पनि सकेको सहयोग गर्ने भावना बोकेर विद्यार्थीहरूले रकम संकलन गरेका हुन् । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बालबालिकाले आफ्नो क्षमता अनुसार रकम जुटाएर बाढीपीडितका लागि सहयोग गरेको विद्यालयका सहायक प्रधानाध्यापक सन्जय तिमल्सिनाले जानकारी दिए ।

सानै उमेरमा बालबालिकाले देखाएको यो सहयोग आर्थिक रूपमा सानो भए पनि यसको भावनात्मक र सामाजिक महत्व ठूलो रहेको विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार यो सहयोग रकम मात्र नभई देश विपत्तिमा पर्दा कलिला हातहरूले देखाएको देशप्रतिको प्रेम, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण समेत हो।

कक्षा ५ सम्म मात्र सञ्चालन हुँदै आएको यस विद्यालयका विद्यार्थीहरूले विपद्का बेला पीडितलाई सहयोग गर्नुपर्छ भन्ने भावना विकास गर्दै गरेको सहयोगले समाजमा सकारात्मक सन्देश दिएको छ।

nijgadh-supermart-adz1200-630