skip this farak Kura Pravakar

आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदै

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदैछन । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसर यो पर्वा नेवार समुदायले धुमधामसँग मनाउँने गरेका छन् । नेवार समुदायले हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै मनाउने सो पर्व मौलिक पर्वमध्येको एक हो । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो ।

आज उनीहरुले आफ्नो घरगृहमा शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर राक्षसको पूजा आज गर्दछन् । सो समुदायमा एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबै जनाले नुहाएपछि महादेव र नायरायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा जलले छर्केर चोखो बनाउने प्रचलन छ ।

nijgadh-supermart-adz1200-630