skip this farak Kura Pravakar

कांग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलाइएको हो –शेखर कोइराला

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कांग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलाइएको नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाको भनाई छ । सत्ता गठबन्धनका पाँच दलमध्ये कांग्रेस बाहेकका दलले बाम गठबन्धन गर्ने गृहकार्य गरिरहेको बेला उनको यस्तो धारणा आएको हो ।

आज नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले माओवादी, एकीकृत समाजवादी र जसपाले तालमेलका कुरा जसरी उठाइरहेका त्यो बार्गेनिङ गर्नका लागि भएको बताएका छन् । उनले संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसलाई कम क्षति हुने गरी कसरी तालमेलमा जाने भनेर विभिन्न राजनीतिक दलहरुसँग छलफल भइरहेको जानकारी दिएका छन् ।

तालमेल गर्ने क्रममा ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्ने ग्यारेन्टी हुनुपर्ने कोइरालाले बताए । उनले तालमेलका लागि तीन शर्त राखेका छन् । पहिलो, आर्थिक सामाजिक रुपान्तरणको बारेमा एउटै धारणा हुनुपर्ने, दोस्रो, वैदेशिक नीतिमा न्युनतम समझदारी हुनुपर्ने र तेस्रो, ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्नुपर्ने उनको शर्त छ ।

nijgadh-supermart-adz1200-630