skip this farak Kura Pravakar

परराष्ट्र सम्बन्धमा व्यक्ति र दल नभई देशलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ –विश्वप्रकाश शर्मा

879 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । परराष्ट्र सम्बन्धमा व्यक्ति र दल नभई देशलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै महामन्त्री शर्माले भूराजनैतिक संवेदनशीलता दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा गम्भीर बन्नुपर्ने बताएका हुन ।

उनले सामाजिक सञ्जाल लेखेका छन्, ‘एसपीपीमा सहभागी नहुने पत्र सरकारले अमेरिकालाई पठाएपछि यो च्याप्टर क्लोज त भयो तर भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बनौं । परराष्ट्र सम्बन्धमा व्यक्ति र दल होइन, देशलाई केन्द्रमा राखेर बढौं । हामी पहिला गल्ती गर्छौं, पछि आत्मालोचना, अनि फेरि गल्ती दोहोर्‍याउँछौं, नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य छ । भूराजनैतिक संवेदनशीलता दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा त झनै अनिवार्य छ ।’

nijgadh-supermart-adz1200-630