skip this farak Kura Pravakar

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै‚ प्रदेश २ मा सार्वजनिक बिदा

873 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : तराई क्षेत्रका महिलाहरूले आज जितिया पर्व मनाउँदैछन्। थारु तथा मिथिलाञ्चलका महिलाहरूले तीन दिनसम्म मनाइने जितियाको आज मुख्य दिन हो ।
यो पर्व मनाउने महिलाहरूले हिजो बिहानदेखि पानी पनि नखाई बसेको व्रत आज बिहान व्रत तोडेका छन् । असोज कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ ।
पहिलो दिन पूजाआजा तथा विभिन्न परिकार खाएर मनाउने चलन छ। व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । जसलाई मिथिलाञ्चलमा माछ मरुवा भनिन्छ ।
दोस्रो दिन महिलाहरू निराहार व्रत बस्ने र तेस्रो दिन व्रत तोडने गर्छन्। आज बिहान सूर्यलाई पूजा गरेर व्रत समाप्त भएपछि महिलाहरू एकै ठाउँमा जम्मा भएर कथा सुन्ने सुनाउने प्रचलन छ।सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक रहेको छ ।
जितिया पर्वको अवसरमा आज प्रदेश २ सरकारले सार्वजानिक बिदा दिएको छ ।
यसै अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना दिएका छन् ।

nijgadh-supermart-adz1200-630