skip this yams_Max_Hospital.jpeg

‘मन लगाउ, सम्पर्क बढाउ, मुटु बचाउ’

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईदैछ । यो वर्ष ‘मन लगाउ, सम्पर्क बढाउ, मुटु बचाउ’ भन्ने नारासहित दिवस मनाइँदैछ ।
विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको हो ।विश्व मुटु महासंघका अनुसार वर्षेनी १ करोड ८६ लाख मानिसको मुटु सम्बन्धि रोगबाट मृत्यु हुने गरेको छ ।
जसमा विकास उन्मुख र अविकसित देशहरुमा मुटुरोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशत भन्दा बढि रहेको छ । सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट मृत्यु हुनेको संख्या वर्षेनि २ करोड ५० लाख सम्म पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ ।
हृदयाघातबाट सबै भन्दा बढि मानिसको मृत्युको कारक हुने पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाललगायत विकासोन्मुख राष्ट्रहरुमा हृदयाघात भएर मर्नेको संख्या ३५ प्रतिशत भन्दा बढि पुग्ने पनि अनुमान संगठनले गरेको छ ।
चिकित्सकहरूका अनुसार धूमपान तथा मद्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरिक व्यायाम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।

nijgadh-supermart-adz1200-630