skip this

निर्वाचन घोषणा पश्चात प्रतिनिधिसभा जिवित रहनु संविधान अनुसार भएको हो –शंकर पोखरेल

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । निर्वाचनको घोषणा पश्चात प्रतिनिधिसभा जीवित रहनु संविधान अनुसार भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन्।आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा राखेका थिए ।

निर्वाचन घोषणा पछि प्रतिनिधिसभाको कार्यकाल सकिने भनेर कानुनविदहरुले तर्क गरिरहँदा पोखरेलले यस्तो बताएका हुन्। उनले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको समेत बताए।उनले निर्वाचन घोषणा भइसकेकाले संसदलाई अहिले कुनै ‘बिजनेश’ दिनु गलत भएको धारणा राखेका छन्।

nijgadh-supermart-adz1200-630