skip this

यस्तो देखियो मधेश प्रदेशमा ताजिया मेलाको रौनक

984 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । तराई मधेशका इस्लाम धर्मावलम्बीले मोहरममा आयोजना गर्ने ताजिया (दाहा) मेला मनाइरहेका छन् । इस्लाम धर्मका लागि ज्यानको आहुति (बलिदानी) दिने हजरत हसन र हजरत हुसेनको सम्झानामा यहाँका मुस्लिम सामुदायहरू इस्लामिक महिना मोहरममा ताजिया (दाहा) मेलाको आयोजना गर्दै आएका छन् ।

जनकपुरधाम उपमहागरपालिका बन्धी, पिपरा गाउँपालिकाको हर्दिया, लक्ष्मीनिया गाउँपालिकाको गजरिया, महोत्तरीको धवौली लगायतका स्थानमा ठूला दाहा ९तजिया० मेलाको आयोजना गरिएको छ । ताजिया बनाउने चलन नेपाल, भारत, पाकिस्कतान, बगंलादेशसहितका मुलुकहरूमा छ ।

दाहा मेलामा मुस्लिम समुदायका युवाहरूले विभिन्न प्रकारका कलात्म खेलहरू प्रदर्शन गर्नेछन् भने महिलाहरूले हसन हुसेनको सम्झनामा गित गाउने गर्छन् । तर पछिल्लो समय महिलाहरूले गति गाउने चलन हराउँदै गएको छ । मेलाको अन्तिम राम्रो खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई तगमा (शिल्ड) वितरण गर्ने चलने छ ।

मोहरम महिनाको नवौँ दिन अर्थात् सोमबार पहिलो दिन मेलाको अन्य गाउँमा गएर खेलाडीहरूले खेल प्रदर्शन गरे भने दोस्रो दिन मंगलबार आफ्नै गाउँकै मैदानमा दुई वा दुईभन्दा बढी ताजियाको मिलान अर्थात् जोरा लगाइने चलन छ ।

इस्लामिक क्यालेण्डरअनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेण्डरको पहिलो महिना हो । मोहरम महिना इस्लामिक क्यालेडरअनुसार नयाँ वर्षको पहिलो महिना पनि हो । यो महिनामा नै इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद पैगम्बर ९स।०का नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको संरक्षणका लागि आफ्नो ज्यानको आहुति ९बलिदानी० दिएका थिए ।

हजरत हसन र हुसैनले यहुदीहरूबाट धर्म संरक्षणको लडाइँमा शहीद भएका कारण उनिहरूकै सम्झनामा मुस्लिम समुदायले मोहरममा महिनामा तजिया बनाएर गम अर्थात दुःख मनाउने गर्छन् । तर इस्लामिक धर्मगुरुले तजिया नबनाएर पनि उहाँको सम्झिन सक्ने बताउँछन् ।

खेलतमसा वा दाहा नै बनाए हसन हुसेनलाई सम्झनु गलत रहेको इस्लामिक धर्मगुरुहरूको भनाइ छ । उनीहरूले यो महिनामा बढीभन्दा बढी धार्मिक तथा पुण्यको काम गर्न सुझाव दिन्छन् ।

nijgadh-supermart-adz1200-630