skip this

निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम हुने

231 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-आन्तरिक राजस्व कार्यालय, सिमराले निजगढ नगर उद्योग वाणिज्य संघसँगको सहकार्यमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

आर्थिक ऐन २०८३ मा भएका करसम्बन्धी नयाँ व्यवस्था, आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन, अन्तःशुल्क ऐन, मदिरा ऐन तथा कर छुट र सहुलियत (स्किम) सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ।

कार्यक्रम २०८३ साल श्रावण १४ गते बिहीबार दिउँसो १ बजे निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा हुने अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

आन्तरिक राजस्व कार्यालय, सिमराले निजगढ क्षेत्रका सम्पूर्ण व्यवसायी तथा करदातालाई कार्यक्रममा सहभागी भई करसम्बन्धी जानकारी लिन आग्रह गरेको छ।

nijgadh-supermart-adz1200-630