skip this

धनगढीमा मोटरसाइकल दुर्घटना,एक जनाको मृत्यु, एक जना घाइते

894 shares
oil-nigam-amlekhgunj-adv.jpeg

धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गए राति धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहनापुल अत्तरिया सडकखण्डमा से२प ५२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका–१ का २८ वर्षीय चित्र मडैको मृत्यु भएको हो।

दुर्घटनामा परि गम्भीर घाइते भएका मडैलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल पुगाइएको भए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा परि मोटरसाइकल चालक जोरायल गाउँपालिका–१ कै २१ वर्षीय सन्तोश मल्ल घाइते भएका छन्। उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

nijgadh-supermart-adz1200-630