गोरखाको पालुङटारमा कुटपिटबाट १ जनाको मृत्यु
वि.सं.२०७९ साउन २९ आइतवार १२:५५
1.38K
shares

काठमाडौं । गोरखा जिल्लाको पालुङटारमा कुटपिटबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार ५ धरमपानी बस्ने ३५ वर्षीय बुद्धि बहादुर बिक रहेको प्रहरीले जनाएको छ । प्रहरीले बिकमाथि कुटपिट गरेको अभियोगमा सोही ठाउँ बस्ने ३४ वर्षीय राम शरण बिक लगायत ४ जनालाई पक्राउ गरेको छ ।
उनीहरुले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बुद्धि बहादुरको आँपपिपल अस्पताल पालुङटारमा उपचारको क्रममा मृत्यु भएको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
वि.सं.२०७९ साउन २९ आइतवार १२:५५
















