स्थानीयको माग सम्बोधन गरेर मात्रै फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विसर्जन गर्नुपर्छ–भूमिप्रसाद त्रिपाठी
वि.सं.२०७९ साउन २९ आइतवार १३:०८

काठमाडौं ।स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विसर्जन गर्न प्रतिनिधिसभा सदस्य भूमिप्रसाद त्रिपाठीले माग गरेका छन् । आज प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद त्रिपाठीले सरकारले गरेका प्रतिवद्धता र सम्झौताहरूको बेवास्ता गर्दै जबर्जस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोजिएको बताएका हुन ।
प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणका लागि फोहोर गाडीहरु सफाई गरेर फिर्ता गर्नुपर्ने स्थानीयको माग सम्बोधन हुनुपर्ने उनले बताए । धादिङ र नुवाकोट जिल्लाको सीमाना धादिङ धुनिवेशी नगरपालिका वडा नं. १ मा निर्माण भएको बञ्चरे ल्याण्डफिल साइट सञ्चालनमा ल्याउने क्रममा गम्भिर विवाद उत्पन्न भइ अवरोध सिर्जना उनको भनाई छ ।
वि.सं.२०७९ साउन २९ आइतवार १३:०८
















