skip this

मानिसबाट कुकुरमा सर्‍यो मंकीपक्स, सृरक्षित रहन डब्लूएचओको अनुरोध

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ ।

गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुई जना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको थियो ।

‘मानवबाट जनावरमा सर्ने यो पहिलो घटना हो । हामी विश्वास गर्छौँ कुकुरमा मंकीपक्स सङ्क्रमण भएको यो पहिलो घटना हो’, डब्लूएचओका रोजामुन्ड लुइसले भने ।

मानिसबाट जनावरमा मंकीपक्स संक्रमण सरेसँग डब्लूएचओले सावधानी दर्साउन सबैलाई आग्रहसमेत गरेको छ ।

nijgadh-supermart-adz1200-630