निजगढमा सामान्य वर्षामै सडक जलमग्न, आवागमन प्रभावित
वि.सं.२०८३ साउन ३१ आइतवार १८:२२
21
shares

निजगढ-निजगढ नगरपालिकामा उचित नाला व्यवस्थापन हुन नसक्दा सामान्य वर्षामै सडक जलमग्न हुने समस्या देखिएको छ।
केही छिनको वर्षापछि नै सडकमा पानी जम्दा स्थानीय बासिन्दासँगै आवतजावत गर्ने यात्रु तथा पूर्व–पश्चिम राजमार्गमा सञ्चालन हुने सवारीसाधनसमेत प्रभावित भएका छन्।
नाला तथा पानी निकासको उचित व्यवस्थापन नहुँदा वर्षायाममा यो समस्या पटक–पटक दोहोरिने गरेको स्थानीयको भनाइ छ। छोटो समयको वर्षाले समेत सडकमा पानी जम्ने र जनजीवन प्रभावित हुने अवस्थाप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ।
स्थानीयले दीर्घकालीन रूपमा पानी निकासको उचित व्यवस्थापन गरी समस्या समाधान गर्न माग गरेका छन्।
वि.सं.२०८३ साउन ३१ आइतवार १८:२२

















