skip this

डा. सोनी श्रेष्ठको स्वास्थ्य सल्लाह : भिटामिन डी किन आवश्यक ? यसको कमि भए यसो गरौं

2.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

हाम्रो शरीरलाई क्यालसियम फस्फोरस लेवललाई नियन्त्रण गरेर मांशपेशी, हाडजोर्नी, दाँतलाई बलियो बनाउन स्वास्थ रारख्न सहयोग पु¥याउने तत्वलाई भिटामिन डी भनिन्छ ।

के–के बाट पाइन्छ

भिटामिन डी खानाबाट पनि प्राप्त गर्ने सकिन्छ । तर भिटामिन डी यस्तो पौष्टिक पर्दाथ हो, जुन खानामा भन्दा बढी हाम्रो सुर्यको किरणबाट प्राप्त गर्न सक्छौँ । ओइली फिस्स, अन्डाको पहेँलो भाग, च्याउ जस्ता खानाहरुमा पाइन्छ । साथसाथै आजभोलि ४५ फुड भनेर पनि भन्छौ जुन बजारमा उपलब्ध हुने खानामा भिटामिन डी राखिएको हुन्छ । दुध, पाउरोटी, मनिङ सिरेलमा पनि भिटामिन डी राखिएको पाइन्छ । यो भन्दा नि प्राकृतिक तरिकाले हामीले भिटामिन डीे प्राप्त गर्न सक्यौ भने अझ राम्रो हुन्छ

सुर्यबाट भिटामिन डी

घाममा बस्दैमा भिटामिन डी प्राप्त हुने होइन । सुर्यको किरणमा यु भि रे भन्ने एउटा तत्व हुन्छ, त्यसको सहायताले हाम्रो शरीरले भिटामिन डी उत्पादन गर्छ । लामो समयसम्म घाममा बस्यो भने छाला डड्ने, छालाको क्यान्सर हुने जोखिम हुन्छ । शरीरलाई आवश्यक पर्ने जति भिटामिन डी प्राप्त गर्नको लागि लामो समय सम्म घाममा बस्नु जरुरी छैन ।

हप्तामा दुई, तीन दिन अथवा तीन, चार दिन २० देखि १५ मिनेट सम्म मात्र बस्यौ भने शरीरलाई चाहिँने प्रप्यात मात्रा भिटामिन डी हामीले प्राप्त गर्न सक्छौ । यदि हामीले घाममा बस्दा शरीलाई ढक्कमक लुगाले ढाकेर बस्यौ भने प्रप्यात मात्रामा यु भि रेलाई हाम्रो शरीरले सोस्न सक्दैन । हातहरु खुला राखेर सुर्यको किरण सिधा पर्ने गरेर बस्नुपदर्छ ।

सुर्यको किरणबाट भिटामिन डी प्राप्त हुन्छ तर जाडो ठाँउमा बस्नुभएको छ भने बाहै महिना घाम लागे पनि प्रप्यात मात्रा त्यो घामले हाम्रो शरीरले भिटामिन डी उत्पादन गर्ने नसक्ने पनि हुनसक्छ । किन भने हाई युकेमा घामबाट आउने त्यो यु भि रे ले प्रयाप्त मात्रामा भिटामिन डी उत्पादन गर्न सक्दैन त्यसैले जाडो महिनामा भिटामिन डी खानुभनेर हामी सल्लाह दिन्छौं ।

कति र कसरी खाने

यदि आफुलाई लाग्छ प्रयाप्त मात्रामा भिटामिन डी शरीरमा पुगिराखेको छैन । दैनिक व्यस्तताको कारण घाममा बस्ने समय छैन त्यस्तो बेलामा भिटामिन डी सप्लिमेन्टि ट्याबलेट खानुपर्छ भनेर हामी सल्लाह दिन्छौँ । शरीरमा भिटामिन डी सप्लिमेन्टिको मात्रा मेन्टेन मात्र गर्ने हो भने फार्मेसिमा उपलब्ध हुने १० माइक्रोग्रामको चकी पाइन्छ त्यो प्रयोग गर्ने सकिन्छ । तर लामो समय देखि शरीरमा थकान र हात खुट्टा जोड्नेहरु दुखेको छ भने डाक्टरलाई देखाएर भिटामिन डी को लेवल रगत जाच गरेर हेर्ने सक्छौ । यदि शरीरलाई चाहिँने मात्रा भन्दा निकै कम छ भने, डाक्टरले हाई भिटामिन डोज भनेर प्रेशकाइब गर्नृुहुन्छ । जुन हामीले प्रेशकृप्सन बाट मात्र प्राप्त गर्ने सक्छौ । हाई डोज भिटामिन ३–४ महिना सम्म खान सक्छौँ ।

हाई डोज भिटामिन डी खाइसक्नु भएको छ भने जसरी हुन्छ प्राकृतिक तरिकाबाट खानाबाट भिटामिन डी प्राप्त गर्ने कोसिस गर्नुपर्छ । यदि त्यो प्राप्यात छैन जस्तो लाग्छ भने मेन्टेन डोज खान सक्छौ । हाई डोज र मेन्टेन डोज खाइसकेको छ भने प्रत्येक वर्ष भिटामिन डी को लेवल चेक गर्नुपर्ने आवश्यक हुदैन । तर कतिपर्यले बजारमा पाइने चर्की एउटा नभई २–३ वटा ३–४ वटा खाइरहनुभएको पनि स्न्नमा आउँछ । यो गर्नु उपयुक्त हुदैँन । किनभने यदि आफुलाई लागिरहेको छ भिटामिन डी प्रयाप्त छैन भने डाक्टरलाई देखाएर लेवल जाँच गरेर कति डोज खानुपर्ने हो त्यो जान्न जरुरी छ । कुनै पनि कुरा होस् खाना वा औषधी चाहिँने भन्दा बठी खाएमा त्यसले फाइदा भन्दा हानि धेरै पु¥याउँछ । त्यसैले भिटामिन डी पनि शरीरलाई चाहिँने भन्दा बठी खाएमा फाइदा नहुन सक्छ ।

कसलाई यसको कमी धेरै हुन्छ

हामी हाई रिक्स गुरप भनेर भनेर भन्छौ जसमा कमउमेरका बालबालिकाकाहरु, गर्भवती, वृद्ध पदछन् । कम उमेरका बालबालिकाहरु जसलाई हर्डी स्वस्थ राख्न ग्रोथ एण्ड डेभलोमेन्टमा निकै आवश्यक परेको हुन्छ । गर्भवती र वृद्ध अवस्थामा भिटामिन डी को मेन्टेन गर्ने निकै आवश्यक छ ।

हामीले सधैँ स्वस्थ राख्न र रहन प्रयात्न गर्नुपर्छ । स्वस्थ रहनको लागी सबै भन्दा सरल उपाए भनेको पौष्टिक खाना नियमित हो । नियमित व्यायममा ध्यान दिनु निकै जरुरी छ । भिटामिन डी ले हाम्रो शरीरको हड्डीहरुलाई स्वस्थ राख्न सहयोग पु¥याएको हुन्छ नियमित व्यायमले चाहिँ लामो समयसम्म हड्डीहरुलाई बलियो राख्न सहयोग पु¥याएको हुन्छ ।

–प्रस्तुती: अनिषा खत्री

nijgadh-supermart-adz1200-630