माओवादी केन्द्रका महिला नेतृको फरकशैलीमा तीज ! राहत प्याकेज बोकेर शहीद परिवारको घर
१५ परिवारका १/१ सदस्यलाई राहत प्याकेज
वि.सं.२०७९ भदौ ११ शनिवार २१:०८
2.06K
shares

बारा–बाराको निजगढका नेकपा माओवादी केन्द्रका महिना नेतृहरुले फरक तरिकाले तीज मनाएका छन् ।
पार्टी निकट अनेम संघ (क्रान्तिकारी) निजगढ नगर कमिटीले बिपन्न एकल महिला, बिपन्न सहिद परिवार र असहाय परिवारसंग तीज मनाएको हो ।
निजगढ नगर भित्रका १५ परिवारका १/१ सदस्यलाई कपडा, फलफुल र पौष्टिक आहार राहत ब्याकेज सहित शनिबार तीज दरखाने कार्यक्रम सम्पन्न गरेको हो ।
राहत प्याकेज बोकेर अनेमसंघ (क्रान्तिकारी) निजगढकी अध्यक्ष धनमाया लामा, माओवादीकी नेतृ एवं निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य अरुणा विक, फुलमाया लोप्चन, पवित्रा विक, नेतृ जिरीमाया बल, एतेन्द्रा तिमल्सिना, प्रेमकुमारी थापा सविना, सपना बोहोरा लगायतको घर–घर पुगेका थिए ।
वि.सं.२०७९ भदौ ११ शनिवार २१:०८

















