यस्तो हुनेछ आजको मौसम
वि.सं.२०७९ भदौ १४ मंगलवार ०८:१०
1.31K
shares

काठमाडौ-देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
मौसम बिभागका अनुसार देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उता, कर्णाली र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बिभागले जनाएको छ ।
रातमा पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने बिभागले जनाएको छ ।
वि.सं.२०७९ भदौ १४ मंगलवार ०८:१०
















