skip this

निजगढमा नकाउट फुटबल प्रतियोगिता : हात्तेमालो सामुदायिक वनको विजयी सुरुवात

1.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बडा दशैंको अवसर पारेर बाराको निजगढमा नकाउट फुटबल प्रतियोगितामा हत्तेमालो सामुदायिक वन समुहले विजयी सुरुवात गरेको छ ।

निजगढ–९ स्थित शहीद हिरालाल रंगशालामा न्यु हिमाल युवा क्लवको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा हत्तेमालो सामुदायिक वन रौतहटले विजयी सुरुवात गरेको हो । हत्तेमालोले कोसेली युवा क्लब सिमरालाई ३–१ ले पराजित गरेको हो ।

खेलको सुरुवाती ५ औं मिनेटमा राजु लामा टिम कप्तानले फ्री किक मार्फत प्रहार गरेको बलले जाली चुम्न सफल भएको थियो । खेलको २० औं मिनेटमा दोस्रो गोल गर्दै लामाले आफ्नो टिमलाई व्यक्तिगत २ गोल गर्दै अग्रता दिलाएको थिए । खेलको मध्यान्तर पछि कोसेली युव क्लबका सुजन श्रेष्ठले १ गोल गरेर टिमलाई आशा दिलाएका थिए । खेलको लगभग अन्तिम चरणमा फेरि हत्तेमालोको तर्फबाट लामाले १ गोल थप्दै टिमलाई जित दिलाए । खेलको म्यन अफ द म्याच हत्तेमालोका कप्तान राजु लामो भए । उनले ट्रफी र २ हजारको चेक प्राप्त गरे ।

यस अघि प्रतियोगिताको निजगढ नगरपालिका वड नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले रिबन काटेर उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामा (सोनु), नेकपा माओवादी (केन्द्र) निजगढ नगर अध्यक्ष सन्तोष दंगाल लगायतले खेलको बारेमा महत्वपुर्ण मन्तव्य राखेको थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल निजगढ वेस क्याम्पका प्रमुख जगतनाथ खड्का, शहीद हिरालाल रंगशाला व्यवस्थापन समिति जगतबहादुर न्यौपाने, एनएफसी क्लबका अध्यक्ष शम्भु थापा मगर, निजगढ नगर कार्यपालिका सदस्य मनमाया तामाङ्ग, पवित्र सुनुवार, वडा नं. ७ का वडा सदस्य शालिकराम ढुंगानालगायतका उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630