skip this

राष्ट्रपतिको कदमले लोकतान्त्रिक व्यवस्थामा गम्भीर प्रहार भयो– प्रकाशशरण महत

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं।नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमले लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर रुपमा प्रहार भएको जनाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सदनबाट पारित भएको पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाएका हुन् ।

ुसंसदको दुवै सदनबाट दुईदुई पटक पारित भएको नागरिकता विधेयक संविधानमा उल्लेखित समयावधिमा प्रमाणीकरण नगरेर सम्माननीय राष्ट्रपतिबाट संविधानको उल्लंघन भएको छ’, कांग्रेस प्रवक्ता महतले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएका छन् भने अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको छ ।’

nijgadh-supermart-adz1200-630