skip this

सिम्रौनगढमा मेयर कलवारले थाले सरसफाई अभियान

1.79K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको सिम्रौनगढमा मेयर किशोरी साह कलवारले नगर सरसफाई अभियान सञ्चालन गरिरहेका छन् ।

सफा, सुन्दर नगर बनाउने उद्देश्यले थालनी गरेका मेयर कलवारको अभियानमा स्थानीय समुदायले समेत साथ दिएका छन् । अभियानमा स्थानीय समुदायसहित नगरका जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिककर्मी, सञ्चारकर्मी लगायतले पनि सहकार्य गरिरहेका छन् ।

अभियान अन्तर्गत धार्मिक पर्यटकीय क्षेत्र, सार्वजनिक स्थल तथा सडक, बजार क्षेत्रमा सरसफाई भईरहेको छ ।

सिम्रौनगढ एतिहासिक धार्मिक पर्यटकीय क्षेत्र पनि हो । यहाँको कंकाली, रानीबास मन्दिर लगायतका क्षेत्रमा सरसफाई गरिएको छ । सरसफाईको अभावमा लामखुट्टेको बृद्धि हुने र डेङी रोगको संक्रमण फैलिन सक्ने भएकाले नगरपालिकाले सरसफाई अभियानलाई जोड दिएको छ ।

nijgadh-supermart-adz1200-630