त्यो दशै : चंगा आफैले बनाएर उडाइन्थ्यो : दिपेन्द्र श्रेष्ठ
वि.सं.२०७९ असोज १६ आइतवार १७:५५

बाराको निजगढको व्यवसायिहरुको संगठन निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष हुन्, दिपेन्द्र श्रेष्ठ । उनी व्यवसायसंगै सामाजिक कार्यमा समेत उतिकै सक्रिय छन् । लायन्स क्लब अफ निजगढको नेतृत्व गरेका गरेका व्यवसायि श्रेष्ठको दशैं अनुभुती यहाँ प्रस्तुत गर्दैछौं ।
दशैंमा बाल्यकालमा निकै रमाई गरिन्थ्यो । दशैंमा हामी आफैले चंगा बनाउँथ्यौं । त्यसका लागि बाँसको सिन्का बनाउन बासँघारी जान्थ्यौं । त्यसपछि डोरीले बाँधेर निकै मेहनत गरेर चंगा तयार हुन्थ्यो ।
घर अगाडी, निजगढ बजार आसपास हामीले चंगा उडाउँथ्यौं । हामीबीच प्रतिस्पर्धा पनि चल्थ्यो । साथीहरुको चंगा चेट् गर्न हामीले नयाँ जुक्ति लगाएका थियौं । चंगाको धागोमा माँड बनार दल्थ्यौं । माड हामी आफै बनाउँथ्यौं । धागोमा माड दलेर उडाएपछि अर्को प्रतिस्पर्धीको चंगाको धागो काट्न माड सुकेर धार बनेको हुन्थ्यो । त्यसले चंगा चेट् गर्न सहज हुन्थ्यो ।
दशैंमा पाईने दक्षिणा हामीलाई लामो समय खर्च गर्न पुथ्ग्यो । त्यसबेला दक्षिणाको पनि विशेष महत्व हुन्थ्यो । नयाँ कपडा दशैंको अर्को विशेषता थियो । दशैंमा हामीले विभिन्न सांस्कृतिक कार्यक्रम पनि गर्ने गरेका थियौं । त्यसमा म आफै पनि नृत्य गथ्र्यें । समग्रमा बाल्यकालको दशैं निकै रमाईलो थियो । त्यसलाई धेरै मिस गरिन्छ ।
वि.सं.२०७९ असोज १६ आइतवार १७:५५


















