skip this

त्यो दशै : तासमा हार्ने पैसा जोगाएर दशैंमा भ्रमण जान थाले : खड्गराज मैनाली

2.47K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बाराको निजगढमा एक अभियन्ता हुन्, खड्गराज मैनाली । उनी यातायात व्यवसायिसंगै सामाजिक अभियानमा उतिकै सक्रिय हुन्छन् । उनले गौरीशंकर माध्यमिक विद्यालयका आफ्ना व्याचका विद्यार्थीलाई संगठित गरेर फाउण्डेशनको नेतृत्व गरिरहेका छन् भने गौरीशंकर बहुउद्देश्य सहकारी संस्थाको समेत सञ्चालन गरिरहेका मैनालीको दशैं अनुभुती यहाँ प्रस्तुत गर्दैछौं ।

दशैं र तिहारमा पहिला खुब तास र लंगरबुर्जा खेलिन्थ्यो । जति खेलेपनि कहिल्यै जितिएन । दशैं अवधिमा १० देखि १५ हजार हारिन्थ्यो । तिहारमा दिदीबहिनीलाई दक्षिणा दिनुपर्ने पैसा समेत हारेर रित्तो भएको अनुभव पनि छ ।

२०६७ सालदेखि मैले तास खेल्न चटक्कै छाडेँ । त्यसमा हार्ने पैसालाई पर्यटक प्रवद्र्धनमा खर्चिने संकल्प गरेँ । त्यसै अनुसार दशैंको भोलिपल्ट म सधैं देश घुम्न निस्कन्छु । मैले नेपालको ७७ वटै जिल्ला भ्रमण गरिसकेँ । नाकाबन्दीको वर्षमा इन्धनको अभावले गर्दा यात्रा हुन सकेन । त्यसबाहेक यो वर्ष म भ्रमण जाने योजनामा छैन ।

दशैंमा हारेको तासको चोटले मलाई देश घुमायो । मेरो लागि दशैं पर्यटक बन्ने अवसर पनि हो । म आफैसंगै अरु साथीहरुलाई पनि भ्रमणमा जान प्रेरित गर्छु । मेरो नेतृत्वमा बारा टु रारा जस्ता विभिन्न भ्रमण भएका छन् । साथीहरु भएनन् भने पनि म एक्लै भए पनि निस्केकै हुन्छु । यो भ्रमणका लागि उपयुक्त समय पनि हो ।

nijgadh-supermart-adz1200-630