ताइवानको एक टावरमा आगलागी हुँदा ४६ जनाको मृत्यु
वि.सं.२०७८ असोज २८ बिहीवार १९:३१
774
shares

काठमाडौँ- ताइवानको एक १३ तले टावरको ब्लकमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ ।
ताइवानको दक्षिणमा पर्ने काओशुङ शहरको एक आवासीय र व्यावसायिक भवनमा आज बिहान आगलागी भएको हो ।आगो निभाउन अग्नि नियन्त्रकहरुलाई चार घण्टा लागेको थियो ।
स्थानीय दमकल विभागलाई उद्धृत गर्दै ७९ जनालाई अस्पताल लगिएको बिबिसीले जनाएको छ ।घाइतेमध्ये १४ को अवस्था गम्भिर रहेको बताइएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन ।
वि.सं.२०७८ असोज २८ बिहीवार १९:३१
















