पर्वतको कुश्मा लागूऔषधसहित २ जना पक्राउ
वि.सं.२०७९ असोज १८ मंगलवार १२:२०
828
shares

काठमाडौं। पर्वतको कुश्मा लागूऔषधसहित २ जना पक्राउ परेका छन् । कुश्मा नगरपालिका–७ दुर्लुङग चोक बस्ने ३५ वर्षीय लुपेन्द्र पुन र नवलपरासी सुनौल नगरपालिका–७ बस्ने ३३ वर्षीय विक्रम राना मगरलाई नियन्त्रित लागूऔषध डाइजेपाम ४९ एम्पुल, नोर्फिन ४९ एम्पुल र फनारगन ४९ एम्पुल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पुनको घरमा अवैध लागूऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले कोठामा लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
वि.सं.२०७९ असोज १८ मंगलवार १२:२०

















