त्यो दशैं : नयाँ लुगा देखाउन गाउँ डुलिन्थ्यो : कैलाश तिमल्सिना

खसीको कान खान प्रतिस्पर्धा

738 shares

बाराको निजगढ ९ का कैलाश तिमल्सिना राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी हुन् । लायन्स क्लब अफ निजगढका पाष्ट जोन चेयर पर्सन तथा पाष्ट प्रेसिडेन्ट हुन् । हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. निजगढका अध्यक्ष समेत रहेका तिमल्सिनाको दशैं अनुभुती उनकै शब्दमा :

दशैं हामी बाल्यकाल र किशोर अवस्थासम्म आईपुग्दा निकै रमाई गरि मनाएको सम्झना छ । केटकेटी बेलामा दशैं भनेपछि नयाँ लुगा लगाउने बेला भनेर बुझिन्थ्यो । दशैं आउन लाग्यो भनेपछि हामीलाई पहिलेदेखि नै कस्तो लुगा लगाउने हो भनेर जिज्ञासा हुन्थ्यो ।

बुवाआमाले नयाँ कपडा किनेर ल्याएपछि अन्नबाली दिएर कपडा सिलाउने दर्जीकोमा लैजाने चलन हुन्थ्यो । कपडाको नाम दिन हामी त्यहाँ जानुपथ्र्यो । हामी फुर्सद भयो किन नायाा कपडा सिलाउने ठाउँमा पुगिरहन्थ्यौं । हामीलाई निकै हतार हुन्थ्यो, टर्लरै बासै हुन्थ्यो भन्दा हुन्छ । दिमागैमा अरु केहि कुरा हुन्न थियो, कपडा कहिले सिलाउने पालो कहिले आउँछ भन्ने मात्र हुन्थ्यो ।

कपडा सिलाएर आएपछि अब उसको राम्रो की आफ्नो भनेर लुगा देखाउनै गाउँ गाउँमा पैदल हिडिन्थ्यो । दशैंको टिका थाप्न मामा घर टाढा भएका कारण जान पाईन्न थियो । त्यसैले दशैं अवधिभर घुम्ने, नाचगान, नाटक खेल्नेमा समय बित्थ्यो ।

नाटकको हिरो

त्यतिबेलो गाउँगाँउमा नाचनाग र नाटक देखाईन्थ्यो । हामी किशोर अवस्थामा पुगेपछि समुह बनाएर नाटक देखाउन रियल्सन गथ्र्यौ । सडकटोल चोकमा प्रदर्शन गरिएको परालको आगो फिल्मको नाटकीय प्रस्तुतिमा म हिरोको भूमिकामा थिएँ ।

खसीको कान खान प्रतिस्पर्धा

दशैंमा खसी काट्ने भएपछि हामीलाई रमाईलो लाग्थ्यो । त्यो दिन हामीलाई खसी बनाउन निकै रमाईलो मानेर खटिन मन लाग्ने । खसी खुईल्याउन पानी तताउन दाउरा बाल्ने र खसी काटेपछि टाउको पोलेर सफा गर्ने हाम्रो मुख्य जिम्मेवारी हुन्थ्यो ।

हाम्रो नजर खसीको कानमा हुन्थ्यो । त्यो पोलेर खाने रहर हुन्थ्यो । कान पोलेर खान भुराहरुको भागमा थियो तर धेरै जना भएकाले कसले पाउने भन्ने प्रतिस्पर्धा चल्थ्यो । खसीको खान आफ्नो भागमा पार्न टाउको पोलेर जसले सफा गरेर दिनु पथ्र्यो । जसले राम्रो ग¥यो उसले कान खान पाउने ।

रोटे पिङ

दशैंको अर्को रमाईलो पाटो पिंङ थियो ।त्यतिबेला रोटे पिङ पनि थियो यहाा । बागदेव स्कुलमा काठको रोटे पिङ र लिंगे पिङ दुवै थियो । पिङ खेल्न हामी गाउँ गाउँ पुग्थ्यौं ।