हथौडा प्रहार गरी महिलाको हत्या
वि.सं.२०७८ असोज २८ बिहीवार १९:४९

काठमाण्डौं : महोत्तरीमा एक महिलाको हत्या भएको छ । महोत्तरी गाउँपालिका–३ मडैकी ४२ वर्षीया शिलादेवी झाको हत्या भएको महोत्तरी प्रहरीले जनाएको छ ।
बुधबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा हथौडा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।उनका अनुसार मृतक महिलाको शव उनकै ओछ्यानमा बिहीबार बिहान फेला फेला परेको हो ।
घटनास्थलबाट हथौडा बरामद भएको उनले बताए । ‘महिलाको टाउकोमा चोट देखिएको छ । घटनास्थलबाट एउटा हथौडासमेत बरामद भएको छ । शवको प्रकृति हेर्दा त्यसै हथौडा प्रहारबाट महिलाको मृत्यु भएको हुनसक्ने देखिन्छ,’ एसपी आचार्यले भने । हत्या कसले र किन गरेको भन्नेबारे खुल्न नसकेको उनले बताए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।
वि.सं.२०७८ असोज २८ बिहीवार १९:४९
















