skip this

दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु हो –बाबुराम भट्टराई

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै गएको पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बताएका छन् । आज समाजिक सञ्जाल मार्फत उनले एमालेसँग तालमेल गर्ने तयारीमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै यस्तो बताएका हुन ।

पूर्वप्रधानमन्त्री भट्टराईले दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु भएको बताएका छन् । अवसरवादको अँध्यारो निष्ठाको जुककिरी बन्ने साहस गर्न उनले आग्रह गरेका छन्।जनता समाजवादीका अध्यक्ष यादवले बिहीबार साँझ एमालेसँग चुनावी तालमेलका लागि छलफल थालेसँग भट्टराईको यस्तो टिप्पणी आएको हो।

पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् , चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद छ।एक थान चुनावी सिटकालागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो१ यो अवसरवादको अ‍ॅध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं।’

nijgadh-supermart-adz1200-630