skip this

बारामा एकै परिवारकाे तीन जनाकाे हत्या

2.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- बाराका प्रसौनीमा एकै परिवारका तीन जनाकाे हत्या भएकाे छ ।

प्रसाैनी गाउँपालिका–५ प्रष्टोका गाउँका २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरीको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुको घाँटी रेटेर हत्या भएको हुनसक्ने देखिएको छ ।

प्रहरीका अनुसार उनीहरु सुजाना उनका श्रीमान र छोराछोरीसहित गँगटा मार्न घरबाट निस्किएकी थिइन् ।

श्रीमान् भागेको अवस्थामा दुर्घटना हुँदा केहिपर घाइते अवस्थामा भेटिएका छन् । प्रहरी स्रोतका अनुसार अस्पतालमा उपचार भइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको छ ।

प्रारम्भिक अनुसन्धानमा घरायसी विवादमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

घटनामा श्रीमानको भूमिका स्पष्ट भइसकेको छैन । एसपी बोगटीले भने, ‘श्रीमानको बयान लिएपछि थप विषयहरु खुल्ने प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630