जसपासंगकाे चुनावी तालमेलले एमालेमा असन्तुष्टि बढ्याे, केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा
वि.सं.२०७९ असोज २९ शनिवार १९:०४

काठमाडौं-जसपासंगकाे चुनावी तालमेलले एमालेमा असन्तुष्टि बढिरहेकाे छ । एमालेले जसपासँग तराई मधेसका १४ जिल्लामा चुनावी तालमेलको सहमति गरेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उनको दाबी छ ।
तत्कालिन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई एमालेमा विलय गरेका थिए ।
एमालेले जसपासँग चुनावी तालमेलको सहमति गरेपछि प्रभु साहसहित एमालेका उम्मेदवारले पार्टीकाे टिकट छाडेर स्वतन्त्र उम्मेदवारी लिएका छन् । उनकाे समुहलाई साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेकाे छ ।

वि.सं.२०७९ असोज २९ शनिवार १९:०४
















