skip this farak Kura Pravakar

धरानमा पहिरोले घर पुरिँदा दुई जना बालबालिकाको मृत्यु

684 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : सुनसरीको धरानमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले पुरिँदा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहान राईको मृत्यु भएको हो ।
मंगलबार दिउँसो पौने २ बजे पहिरो खस्दा टिनको घर पुरिएको थियो । पहिरोमा दुई जना बालबालिका बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागि प्रहरी टोली खटिएको थियो ।
उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुवै जना बालबालिकालाई मृत अवस्थामा फेला पारेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630