skip this

कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुने

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ– नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।

यसअघि तीन पटक स्थगित भएको घोषणापत्र सार्वजनिक कार्यक्रम आज बिहान १० बजेका लागि तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमका लागि घोषणापत्र निर्माण समितिका संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्मा हिजो झापाबाट काठमाडौँ आएका छन् । उनी अहिले आफ्नो निर्वाचन क्षेत्रमा मतदाता रिझाउन लागिपरेका छन् ।

nijgadh-supermart-adz1200-630