आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव
वि.सं.२०७९ कात्तिक १६ बुधवार ०७:०३
1.13K
shares

काठमाडौं–मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ ।
राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ।
बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
वि.सं.२०७९ कात्तिक १६ बुधवार ०७:०३
















