skip this farak Kura Pravakar

मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माण गर्न गठबन्धनले जित्नुपर्छ –शेखर कोइराला

891 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले आग्रह गरेका छन् । कोइराला मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन । आज राटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा आयोजित कोणसभामा बोल्दै कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न अपिल गरेका छन् ।

उनले लोकतन्त्रलाई सुदृढीकरण गर्न, संविधानको रक्षा गर्न र भ्रष्टाचार नियन्त्रणका लागिसमेत आगामी निर्वाचनमा गठबन्धन दलले जित्नुपर्ने आवश्यक्ता रहेको उल्लेख गरेका छन् । नेता कोइरालाले विराटनगरलाई व्यवस्थित सहर निर्माण गर्ने जिम्मा गठबन्धनले लिएको उल्लेख गरेका छन् । उनले नगर भएर बग्ने दुई खोला केशलिया र सिंघियामा तटबन्ध निर्माण गरी व्यवस्थित र रमणीय बनाउनेतर्फ आफ्नो प्रयास रहने जिकिर गरेका छन् । केशलिया खोलामा सुनसरीको दुहवीदेखि विराटनगरको रानीसम्म सडक करिडोर निर्माण गर्न १४ अर्बको योजना अगाडि बढेको डा.कोइरालले सो अवसरमा जानकारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630