skip this

सुकुम्वासी बस्ती आक्रमणबाट घाइते भएका तीन नगर प्रहरी आइसियुमा

महानगर प्रहरी प्रमुख पाण्डेलाई भेट्न नर्भिक पुगे बालेन

966 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना हटाउने क्रममा स्थानीयको आक्रमणमा परी घाइते भएका काठमाडौं महानगरका तीन जना प्रहरीको आइसियुमा राखेर उपचार भइरहेको छ ।

स्थानीयले ढुंगामुडा प्रहार गर्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना घाइते भएका महानगरपालिकाले जनाएको छ ।

सोमबार साँझ एक विज्ञप्तिमार्फत महानगरले उक्त आक्रमणमा संलग्नहरूलाई कानून बमोजिम कारबाही गर्न प्रहरीमा उजुरी समेत गरेको जनाएको छ । उक्त आक्रमणमा संलग्न व्यक्तिहरूको नाम समेत खुलाई महानगरीय प्रहरी वृत्त टेकुमा जाहेरी दिएको महानगरको विज्ञप्तिमा उल्लेख छ ।

भेट्न नर्भिक पुगे बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेटेका छन् ।

सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि घाइते भएका प्रमुख पाण्डेलाई भेट्न बालेन अस्पताल पुगेका हुन् ।

पाण्डे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् ।


nijgadh-supermart-adz1200-630