आजको मौसम : देशभर चिसो बढ्यो, तराईमा हुस्सु
वि.सं.२०७९ मंसिर २९ बिहीवार ०७:३४
1.19K
shares

काठमाडौं–हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। पहाडी भूभागमा आंशिक बदली छ।
दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ। शुक्रबार पहाडी भूभागमा आंशिक बदली हुने देखिएको छ।
देशभर चिसो बढेको छ। तराई क्षेत्रमा हुस्सेको प्रभाव सामान्य देखिन थालेको छ।
वि.सं.२०७९ मंसिर २९ बिहीवार ०७:३४

















