skip this farak Kura Pravakar

यू–२३ मा नेपाली टिम किर्गिस्तानसँग पराजित

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ —बंगलादेशको ढाकामा भइरहेको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपको लिग चरणमा नेपाल टोलीले एउटै खेल जित्न सकेन । शनिबार लिगको अन्तिम खेलमा नेपाल टोली किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो ।

नेपालले अब लिग चरणको विजेतासँग खेल्नेछ । साहिद सुहरावर्दी इन्डोर स्टेडियममा पहिलो सेट २५–१६ ले गुमाएको नेपालले दोस्रो सेटमा पुनरागमन गर्दा २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । फेरि नेपालले तेस्रो सेट २५–१७ ले गुमायो । चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पारेर किर्गिस्तानले खेल बरीबरी गर्‍यो । किर्गिस्तानले अन्तिम सेट १५–६ ले जित्दै खेल आफ्नो बनायो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तानको सहभागिता छ । नेपालले च्याम्पियनसिपको सेमिफाइनल खेल आइतबार खेल्नेछ । चार टोलीमात्र सहभागी भएकाले सबैले सेमिफाइनलमा स्थान बनाए ।

सेमिफाइनलमा नेपालले आयोजक वंगलादेशसँग खेल्नेछ । ३ खेलमा जित निकाल्दै विजेता बनेको बगलादेशले लिगको पुछारमा रहेको नेपालसँग खेल्ने भएको हो । अर्को सेमिफाइनल कीर्गिस्तान र श्रीलंकाले खेल्नेछन् ।

 

nijgadh-supermart-adz1200-630